रोट्रयाक्ट पोखरा फिस्टेलको पुस्तकालय व्यवस्थापन कार्यक्रम सम्पन्न

पाेखरा | पुस ३, २०७९

रोट्रयाक्ट पोखरा फिस्टेलको पुस्तकालय व्यवस्थापन कार्यक्रम सम्पन्न

पोखरा:  रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम श्री चण्डी मावि पोखरा ३३ मा सम्पन्न गरेको छ । 


कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताएका छन् । 


कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जुन हिसाबले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गर्नुभएको छ सो बाट प्रभावित भएर आफु र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा यसरी पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्व महसुस गरेको बताउनुभयो । 


कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलि ले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको कुरा बताइन् । 


विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लवले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरु को पढाई प्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए। 


रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष रोट्र्याक्ट डिम्पल क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन विभिन्न सामाजिक कार्यहरु महिला स–शक्तिकरणका कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको र यस वर्ष पनि यस श्री चण्डी मावि मा पुस्तकालयमा आवश्यक थप केही पुस्तकहरु, टेबल, कुर्ची, कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गरिन आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गर्नु भएकोमा अग्रज बुवा शिवप्रसाद चालिसे लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन् 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्